अछाममा चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

Posted on: 28 Apr, 2018

वैशाख १५, अछाम (रासस) | मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । 

असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । 

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् । 

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पु¥याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिनुभयो । “उहाँले भन्नुभयो; पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो ।” आधा केजीसम्मको असिना परेपछि तरकारी र गहँुखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!