मोरङमा सवारी दुर्घटना: २ को मृत्यु, २ घाइते

Posted on: 01 May, 2018

वैशाख १८, मोरङ । मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही घटनामा कटहरि बस्ने २८ वर्षीय जीतेन्द्र साह र कारचालक मोरङको कर्सिया बस्ने २४ वर्षीय दिनेश राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!