सर्लाहीमा अश्लील गीत बजाएर विकृति बढाउने डिजे नियन्त्रणमा सकस

Posted on: 01 May, 2018

वैशाख १८, सर्लाही ।  बढ्दो ध्वनि प्रदूषण र अश्लील गीत बजाएर समाजमा विकृति बढाउन थालेपछि सर्लाहीका स्थानीय तहहरुले डिजे बाजा नियन्त्रण अभियान सुरु गरेको भए पनि प्रभावकारी भने हुन सकेको छैन ।

सांस्कृतिक र सामाजिक गरिमामा आँच पुर्‍याउने खालका अश्लील र दुइअर्थी गीत बजाएर चेलीबेटीको आत्मसम्मानमा ठेस पुर्याउने भएकाले यहाँका नगरपालिका र गाउँ पालिकाहरुलर डिजे गीतमाथि नियन्त्रण अभियान सुरु गरेका छन् ।

जिल्लाको सदरमुकाम मलंगवा ,कविलासी, हरिपुर, पर्सा ,बरहथवा लगायतका नपा तथा गापा हरुमा डिजे बाजा नियन्त्रणमा लिएको जनाइएको छ । तर नियन्त्रणमा लिइएको भने पनि ती स्थानीय तहहरुमा अहिले पनि डिजेमा अश्लिल गीतहरु बजाएको पाइन्छ । जसका कारण समाजमा नकारात्मक प्रभाव पर्नुका साथै ध्वनि प्रदूषण पनि फैलिरहेको छ ।यसले खुसीको माहोलमा बराती र गाउँलेहरु बिच अनावश्यक झै - झगडा  गराउने र नयाँ सम्बन्धमा समेत फाटो ल्याउने काम गरिरहेको छ ।

डिजेलाई पुर्न रुपमा बन्द गराउन स्थानीय तहलाई एउटा अलग्गै ठोस कानुन बनाउन अती आवश्यक रहेको जानकारहरुले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!