बारामा बस दुर्घटना: ४० घाइते, १ को अवस्था गम्भीर

Posted on: 02 May, 2018

बैशाख १९ काठमाडौं | बाराको चुरीयामाइमा बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन्। 

आज विहान झापाबाट विद्यार्थी लिएर पोखरा तर्फ जाँदै गरेको मे १ ख २४२९ नम्बरको बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा घुर्टना भएको जिल्ला प्रहरी कार्यालय मकवापनुले जनाएको छ । विहान २ बजे भएको दुर्घटनामा बसमा सवार विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका हुन्।

घाईते मध्ये गंभिर अबस्थाका एक जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ। बाँकीको भरतपुर र काठमाडौंमा उपचार भइरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!