वाम गठबन्धनमाथि गगनको आक्रोश: आफैँ मिल्न नसक्ने अनि प्रतिपक्षीलाई दोष दिने ?

Posted on: 02 May, 2018

प्रेम सुनार/बैशाख १९, गुल्मी।  नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पार्टी एकताको विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुलाई लज्जावोध हुनु पर्ने बताएका छन् ।

आज  गुल्मी आउँदै गर्ने क्रममा बुटवलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले भने–‘ आफु नेताहरु विच पद वाँड्फाँट र व्यवस्थापन मिलाउन नसक्ने अनि अदृश्य शक्ति वाम एकता हुन नदिन लागी परेको छ भन्दै प्रतिपक्षलाई संकेत गर्ने ? उनले यस्तो  भन्न एमाले र माओवादी नेताहरुलाई यस्तो भन्न लज्जावोध हुनु पर्ने ।’

उनले थपे–‘उहाँहरुलाई जनताले पनि मिल्नुस भन्ने म्यागनेट दिएका छन् , त्यही अनुसार एकता होस् हाम्रो शुभकामना छ तर त्यसरी अरुलाई दोष दिन चाँही हुँदैन् ।’

उनले विगतमा जस्तो प्रतिपक्षले सत्ता पक्षलाई असहयोग गर्ने चरित्र कांग्रेसले नदेखाउने दावी गरे । ‘राम्रा कामलाई हामीले सहयोग गछौं, संविधान र संघियताको कार्यन्वयन,  प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ । यस कार्यमा सरकारलाई कांग्रेसले सहयोग गर्छ तर वरालीन थाल्यो भने उसलाई सहि ठाउँमा ल्याउने काम कांग्रेले गर्छ ’– थापाले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!