सप्तरीमा एक व्यक्ति मृत अवस्थामा फेला

Posted on: 02 May, 2018

वैशाख १९ राजविराज | सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

नाम, थर खुल्न नसकेका करीब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ । 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!