कानून व्यवसायी भट्टराई जबरर्जस्ती करणीको अभियोगमा पक्राउ

Posted on: 02 May, 2018

वैशाख १९ चितवन | भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो । 

उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताउनुभयो । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । 

भट्टराई जिल्ला अदालत बार एशोसिएशन चितवनका साधारण सदस्य हुन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!