डडेल्धुरामा एक युवकको शव फेला

Posted on: 02 May, 2018

वैशाख १९ डडेल्धुरा | डडेल्धुरामा एक युवकको वेवारिसे शव फेला परेको छ। 

बुधबार दिउँसो जिल्लाको अमरगढी नगरपालिका ५ को ऋषि खोला सामुदायिक वनमा अन्दाजी २५ देखि ३० वर्षका युवकको फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

कालो टिसर्ट र कालो पाइन्ट लगाएको ५ फिट ६ इन्च अग्लो युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन्। 

गोठालो गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले शवलाई पोस्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याएको छ। शव प्रकृति हेर्दा ८/१० दिन पुरानो भएको डिएसपी जोशीको भनाइ छ। उक्त युवकको बायाँ खुट्टाको बुढीऔंला छेउका दुई औंला जोडिएको उनले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!