शिक्षकमाथि गुरुकुल एकेडेमीको शोषण–गुहार माग्दै नगर शिक्षा कार्यालयमा

Posted on: 02 May, 2018


पर्वत । गुरुकुल एकेडेमीे पर्वतले शिक्षकमाथि शोषण गर्ने गरेको रहस्यको खुलेको छ । विगतदेखि शिक्षण पेशामा सोहि विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको पारिश्रमिक बापत पाउने रकम विद्यालयले नदिएर शोषण गरेको खुलेको हो । 

उक्त विद्यालयमा अध्यापन गराउदै आएका चार जना शिक्षकले २०७४ मंसिरदेखि फाल्गुनसम्म आफूले पाउने सेवासुविधा, पारिश्रमिक र संचित रकम नपाएको भन्दै नगर शिक्षा कार्यालयमा उजुरी दर्ता गरेका छन् । 

विद्यालयसँग असहज स्थीति पैदा भएपछि विद्यालयसँगै अनुमति लिइ विद्यालय छोडेका शिक्षकले लामो समयसम्म कुर्दा समेत आफ्नो पारिश्रमिक नदिएको भन्दै गुहार मागेका हुन् । 

पारिश्रमिक नपाउनेमा प्रेम शर्मा पौडेल, जित गिरी, अनिता पौडेल, गणेश पौडेल र विकासराज पौडेल रहेका छन् । उनीहरुले आफूले अध्यापन गराए बापत पाउनुपर्ने पारिश्रमिक र संचयकोषमा जम्मा भएको रकम पाउ भनी कुश्मा नगरपालिकाका नगर शिक्षा कार्यालयमा ७६९मा निवेदन दर्ता गराएका हुन् ।

बैशाख १५ भित्र सम्पूर्ण पारिश्रमिक रकम उपलब्ध गराउने विद्यालयले प्रतिबद्धता गरेता पनि अहिलेसम्म रकम नदिएको भन्दै उनीहरुले उजुरी दिएको बताएका छन् ।

श्रम ऐन २०७४ को परिच्छेद ८, दफा ३४,३५ र ३८ तथा शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ (नवौ संशोधन) २०७४ को परिच्छेद १८, नियम १०५ र १०५(क) बमोजिम कारवाही गरी पारिश्रमिक बापत पाउने रकम पाउनुपर्ने माग गरेका छन् ।

विद्यालयका भाइस प्रिन्सीपल उज्वल अधिकारीले आफूहरुले पारिश्रमिक दिनुपर्ने बाँकी रहेको स्वीकार गरे । उहाँहरुले पेश्की लानुभएको छ,के कति लानू भएको छ त्यसको हिसाबकिताब गर्नुपर्छ त्यसपछि मात्रै कसलाइ कति दिन बाँकी छ भन्ने कुरा थाहा हुन्छ उनले भने ।

विद्यालयलाई धरापमा पाछौं, अब बन्द गराउँछौ भन्दै शिक्षकहरु एकैचोटी निस्कुनभएको हो । भर्ना अभियानलाइ असफल बनाउनको लागि पनि उहाँहरु लाग्नु भयो । भाइस प्रिन्सिपल अधिकारीको आरोप छ ।

विद्यालय संचालक अध्यक्ष ओमकार श्रेष्ठले पनि पारिश्रमिक रकम दिन बाँकी रहेको स्वीकार गरे । उनले अबको केहि दिनमा शिक्षकहरुलाई पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराउने पनि बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!