मुगुमा आगलागीबाट १९ घर जलेर ध्वस्त

Posted on: 03 May, 2018

दानबहादुर बुढा/वैशाख २०, मुगु | सदरमुकाम देखि एक दिन टाढा पर्ने मुगुको कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा आगलागि हुँदा उन्नाईस घर पुर्ण रुपमा जलेर नष्ट भएका छन । 

 विहिबार विहान ९ बजे वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगो गाउँभरि फैलिदा उन्नाईस घर जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। विहान ९ बजे सुरु भएको आगलागि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरी चौकि पुलुले जनाएको छ | गाउँ भन्दा दुई घण्टा टाढा रहेको प्रहरी चौकिमा विहान ११ बजे जानकारी आएको एक बजे मात्र प्रहरी घटना स्थल पुगेको थियो ।

 आगलागि हुँदा छिरिङ्ग टासी लामा , फोन्जोक लामा, आङ्गमु लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, पेमा ठिल्ले लामा, , ग्याल्बो लामाका घर जलेर ध्वस्त भएका हुन । आगलागिबाट घर जलेर ध्वस्त भए पनि कति कति धन सम्पतिको क्षेति भने आई नसकेको प्रहरीले जनाएको छ । 

आगलागी पिडीतहरुलाई राहतको लागी अहिले जिल्ला दैविक प्रकोप उदार जिल्ला समितीको बैठक जिल्लामा बसीरहेको प्रजिअ अधिकारीले बताए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!