सल्यानमा बिधुतिय करेन्ट लाग्दा एक बालक गम्भीर घाइते

Posted on: 03 May, 2018

वैशाख २०, सल्यान | बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को सिङगौरे नजिकै  मंगलबार बिहान बिधुतको करेन्ट लाग्दा बनगाड कुपिण्डे नगरपालिका वडा न ११ गहराका अन्दाजी ९ वर्षका आदर्श जङ्ग शाह गम्भीर घाइते भएका छन । 

घाइते शाहको सम्पुर्ण शरीर करेन्ट लागेर जलेको र अहिले उनको काठमाडौ स्थिति कान्ति बाल अस्पतालमा उपचार भैरहेको घाइते शाहका ठुला बुवा तर्क बहादुर शाहले जानकारी दिएका छन । घर बाट बालुवा सङ्ग्रही बजारमा मंगलबार बिहान दिदी सङ्ग दूध बिक्री गरेर घर फर्कदै गर्दा बाटोमा जथाभावी बिधुतका तारहरु चुडिएर बाटोमा नै रहेकाले फर्कदा खेरी करेन्ट लागेको दिदी विद्या शाहले जानकारी दिएकी छ्न । बिधुत लाइन बिस्तार भई सुचारु भएको पनि कसैलाई जानकारी नदिएको र कुनै संचार माध्यममा तथा उद्धघाट समेत नगरी समिति बिधुतिय पोलहरुमा मात्र बिधुत लाइन छाडेको र जनताहरुले जानकारी नदिएको  कारण यस्तो घटना हुना गएको स्थानीयको भनाइ छ । 

 बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को बालुवा सङ्ग्रही बाट बनगाड कुपिण्डे नगरपालिका वडा न ७ को ढोरपीपलको लागि लाइन लगिएको थियो । उक्त ठाउँमा नेपाल बिधुत प्राधिकरण सल्यान र निर्माणकार्य जिम्मा लगेको निर्माण कम्पनीको चरमा लापरबाहीका कारण बिधुतिय तारहरु जथाभावी काचो रुखहरुमा बाधिएर राखिएको छ । यता तिर भने कसैको ध्यान गएको छैन । बिधुत कार्यालय सल्लीबजारका एक कर्मचारीका अनुसार बिधुतिय क्षमता भन्दा कमसल खालको तार प्रयोग गरेको र लाइन छोडदा वा हावाहुरी लाग्दा तारहरु जथाभावी छुडिएर जाने भएकोले जतिबेला पनि करेन्ट लाग्ने सम्भावना रहेका बताएका छन । 5KV क्षमताको  तार आवस्यकता परेको ठाउँमा पनि 3KV को क्षमता भन्दा कम पावरको तार प्रयोग गरेको र कार्यालय प्रमुखलाई जानकारी गराउदा कुनै चासो नदिएको एक कर्मचारीले नाम नभने भन्दै बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!