खोटाङ सिम्पानीका वासिन्दाद्वारा खानेपानिको चरम समस्याका कारण बर्षेनी बसाइसराइ

Posted on: 03 May, 2018

चिसाङ शेर्पा | बैशाख २०, खोटाङ | खानेपानिको चरम समस्याका कारण खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीका स्थानिय दुई वर्षयता निरन्तर बसाई सर्न थालेका छन् । साविकको ३ नम्बर वडा बर्रेमा पानिको मुहान सुक्न थालेदेखी हालसम्म १५ घर बढी बसाईसरार्ई गरेर अन्यत्र गएका छन् ।

दुईबर्ष अघि स्थानिय जिमाहा धाराको मुहान खडेरीले सुकेपछि घण्टौ हिडेर खानेपानिका समस्या जेल्दै आएका स्थानिय अन्ततः अन्तै बसाई सरेका हुन् । पुस्तौपुस्ता उपभोग गर्दै आएको खानेपानिको मुहान खडेरीले सुकेपछि दैनिक जनजिबन गुजारा गर्न चरम समस्या भएको भन्दै स्थानियहरु अन्तै जान थालेका हुन् ।

बिगत लामो समयदेखी बर्रे गाउँको बिचमा रहेको स्थानिय जिमाहा धाराको मुहान सुकेपछि पानिको समस्या समाधानका लागि गाउँपालिका र वडा कार्यालयले साविक १ नम्बर वडादेखी पानि तान्नलाई १३ लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, साविक १ नम्बर वडामै पानि नपुगेकाले उक्त योजना त्यतिकै रहेको छ । आसपासमा पानिको श्रोत नभएकाले बर्रेका ३० घर बढी परिवार दुईबर्ष देखी पानिको चरम समस्या झेल्दै बसाई सर्न थालेका छन् ।

बिकल्पमा साविक ३ वडाका केही स्थानिय राम बहादुर गिरीले खरीद गरेको खेतको पानि घण्टौ कुरेर खाना पकाउन र पिउनका लागि मात्रै उपभोग गरिरहेको खोटेहाङ गाउँपालिका–८ सिम्पानीका स्थानिय शिखर खतिवडाले जनाए । केहीले साविक १ वडाबाट पानि ल्याएर जिबन गुजारा गरिरहेका छन् । घरदेखी टाढा गएर ढेड घण्टा लाईन कुरेर पानि थाप्नुपर्ने अवस्था छ । उहाँले भने, “दुधभन्दा फारो गरेर पानि खानु परेको छ । गाईभैसीलाई दिने पानि छैन ।” 

खानेपानिका कारण स्थानियहरु बसाईसराई जाँदा गाउँ बेरुप बन्दै गएको छ । जसोतसो पानिको समस्या टार्दै बसेकाहरुले गाईबस्तु पाल्न छोडेका छन् । आफूले पालेका पशु चौपायालाई पानि खुवाउन २ घण्टाको बाटो हिडाएर खोलामा लानुपर्ने बाध्यता रहेको सिम्पानीका वडाध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिनुभयो । हामीले खानेपानिका लागि बजेट विनियोजन गरेका थियौ । वडाध्यक्ष थापाले भने, ‘साविक १ नम्बर वडाले आफंैलाई पानि नपुग्ने भनेर विरोध गरेपछि वडाले छुटाएको तीन लाख बजेट सडकमा लगायौं ।

मानव जिबनका लागि अनिवार्य खानेपानि नहुंदा सबैभन्दा बढी सुत्केरी आमा, बृद्धबृद्धा, तथा बालबालिकालाई समस्या हुने गरेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!