खोटाङको बाम्राङमा बाँसको टेकामा बिजुलीको तार

Posted on: 03 May, 2018

चिसाङ शेर्पा | बैशाख १९, खोटाङ | खोटाङको बाम्राङमा बाँसको टेकामा बिजुलीको तार राखेर बिधुत प्रवाह हुंदा अत्याधिक जोखिम बढेको छ । 

मकिन लागेको काठे पोलको अगाडी बाँसको खम्बा टेका दिएर विधुतको तार घरघरमा पु¥याउदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सामातुङमा चार घरमा धनजनको ठूलो क्षति हुने संम्भावना बढेको छ ।

ग्रामिण सडकको छेवैबाट बिजुलीको एलटि लाईनको तार तीनवटा बाँसको टेका दिएर स्थानिय चार घरले बर्षदिन अघिबाट बत्ती बालिरहेका छन् । खेतीयोग्य जमिन बिचबाट बाँस गाडेर बिजुलीको तार लैजाँदा सुख्खा तथा वर्षातको समयमा विधुत चुहावट भई जमिनमा करेण्ट बहने गरेको स्थानियहरुले बताएका छन् ।


बारी बिचबाट बाँसको टेका दिइ बिजुलीको तार तान्ने कुराभन्दा खेतीपाती लगाउन उठाउन जोखिम भएको छ । बारीको खेतीपाति गरीरहंदा कुनबेला बाँस मकेर तार भुईमा झर्नेे अथवा मान्छे माथि खस्ने टुंगो छैन । स्थायिनले भने “हामी ज्यानलाई जोखिम मोलेर अन्नबाली लगाउनुपर्छ ।”

हिउँदमा तारलाई हावाले हल्लाउँदा एकआपसमा जुद्ने तथा बर्षादमा पानिले भारी बनाउदा बाँस भाँचिने संम्भावना प्रवल देख्न सकिन्छ । बाँस भाँचिएमा अन्य काठेपोल लड्ने र धनजनका ठूलोे क्षति हुने संम्भावना बढेको छ । ‘जोखिमयुक्त भएकाले तीनचार महिना अघिनै एकवटा फलामे खम्बा दिएको तर, उपभोक्ताले नगाडेको’ वडाध्यक्ष ललित राईले बताए । सोही टोलका आसपासलाई थप सातवटा फलामे पोल वडासदस्य राजेन्द्र राईको नेतृत्वमा उपलब्ध गराईसकेको वडाध्यक्ष राईले जनाए । 

तश्विरमा: बाम्राङस्थित सामातुङमा बाँसको टेकामा बिजुलीको तार | तस्विर: चिसाङ शेर्पा /साझा सबाल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!