३४ घण्टा बितिसक्दा पनि आगलागी बिडितले राहात पाएनन्

Posted on: 04 May, 2018

दान बहादुर बुढा | बैशाख २१, मुगु | मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर ४ किम्री गाँउमा बिहीबार बिहान ८ बजे आगलागी हुदा १७ घर जलेर पूर्ण रुपमा जलेर नष्टहुदा भएका आगलागी पिडीतहरुले ३४ घण्टा बितिसक्दा पनि राज्य बाट राहात पाएका छहिनन् ।

सदरमुकाम गमगढी देखी १ दिन पैदल यात्रा टाढा रहेको किम्री गाँउमा १७ घर मा बस्र्ने १ सय १२ जना ३४ घण्टा सम्म नाङ्गगै भोकै रहेका छन । भने अहिले सम्म राज्य प्रदेश सरकार तेस क्षेत्रमा पुगेको छैनन् ।


 पिडीहरु केही बेहोस अबस्थामा रहेका छन । भर्ने जिल्ला दैबिक प्रकोप उदार समितीले प्रति घर १० हजारका दरले आर्थिक रकम, १० कुन्टल खाद्यान्न सहितको टोली सदरमुकाम गमगढी बाट हिडीसकेको र शनिबार गृहमन्त्रालय बाटको राहात सामान, कर्णाली प्रदेश सरकार बाटको राहात सामान र मुगु उद्योग बाणिज्य संघले राहात संकलन गरेको ८७हजार ३ सय ५५रुपैया नगद, नेपाल रेडक्रस शाखा मुगुको राहात सामान लिएर आर्मीको हेलिप्याटबाट राहात सामाग्री बितरण गर्ने गरी ब्याबस्था मिलाएको प्रमुख  जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।   

तश्विरमा: जिल्लाको मुगमकामारोङ्ग गाँउ पालिका वडा नम्बर ४ किम्री गाँउमा भएको आगलागी हुदा आगलागी पिडीतहरुलाई संकलन गरीएको राहात रु ८७ हजार ३ सय ५५ रुपैया मुगु उद्योग वाणिज्य संघका अध्क्षय कमल बहादुर बुढा द्घारा जिल्ला दैबिक उदार समितिका अध्यक्ष, जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत आगलागी विडीतलाई हस्तान्तरण  गर्नको लागी उठेका रकम हस्तान्तरण गर्दै ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!