मुख्यमन्त्रीद्धारा कारागार निरीक्षण, कैन्दी बन्दीले सुनाए समस्यै समस्या

Posted on: 04 May, 2018

वैशाख २१, सुर्खेत । सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी हुँदा समस्या भएको गुनासो गरेका छन् । शुक्रबार कारागार निरीक्षण गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग यहाँका कैदी बन्दीले समस्या सुनाएका हुन् । कारागारको नयाँ भवन समयमै नबन्दा बस्नेदेखी सुत्नसम्म असहज हुने गरेको समस्या उनीहरुले दर्शाएका छन् ।

सुर्खेत कारागारको पछिल्लो अवस्था र कैदीवन्दीका समस्या बुझ्न पुगेका मुख्यमन्त्रीलाई कारागारका समस्यासहितको ज्ञापन पत्र बुझाएका छन् । ५० जना क्षमता रहेको कारागारमा १ सय ९७ जना कैदी बन्दी हुँदा बस्न र सुत्न असहज हुने गरेको कैदी बन्दी निरज बस्नेतले बताए । ‘बस्नका लागि ठाउँ छैन सानो ठाउँमा धेरै जना कस्नु पर्दा साह्ै गाहे भएको छ’ बस्नेतले भने, ‘मन्त्री ज्यू अलपत्र अवस्थामा रहेको भवन निर्माणमा पहल गरिदिनुहोला ।’ कारागारामा पहिरोको जोखिम, बन्दी गृह जोखिम, सवारी सधानको अभाव, कमजोर भौतिक संरचना, खेलकुद सामग्री लगायतका समस्या रहेको बताइएको छ ।

कारागारमा महिला सुत्ने ३ कोठामा ३३ जना र पुरुष सुत्ने ७ कोठामा १ सय ७५ जना कैदीबन्दी सुत्ने गरेका छन् । मुख्यमन्त्री शाहीले एक दशकदेखी अलपत्र रहेको कारागारको भवन निर्माणमा विशेष पहल गर्ने आश्वासन दिएका छन् । कारागार सुधार गृह भएकाले वन्दीगृहमा आवश्यक सामग्रीको व्यवस्था गर्ने मुख्यमन्त्रीले बताए । बन्दीलाई फुर्सदको समयमा लघु उद्यमका सामग्री उत्पादन गर्ने व्यवस्थापन मिलाउन मुख्यमन्त्री शाहीले कारागार प्रशासनलाई निर्देशन दिएका छन् । कारागार प्रशासनले स्थान अभावमा सीपुमलक कार्यक्रम गर्न नसकिएको जनाएको छ ।


५० जनाको क्षमता रहेको कारागारमा १९७ जना कैदी रहेको वताउदै कैदीवन्दीहरुले निर्माणाधिन भवन यथाशिघ्र्र निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । मुख्यमन्त्री शाहीसंग कैदीवन्दीहरुले उपचार तथा अदालत आवतजावतका लागि गाडि, औषधि, सीपमुलक तालिम लगायतका माग पनि राखेका थिए । कारागार निरिक्षणमा मुख्यमन्त्री शाही संगै प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख उमाप्रसाद चर्तुर्वेदी पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!