दुई स्थानमा वम विष्फोट, एक पक्राउ

Posted on: 05 May, 2018

प्रेम सुनार | वैशाख २२, गुल्मी ।  गए राती गुल्मी जिल्लाको दुई स्थानमा वम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले ति दुई स्थानमा वम विष्फोट भएको जानकारी दिए पनि कहाँनिर भनेर पत्ता लगाउन सकिएको छैन् । उनले वलेटक्सारको जंगल र सदरमुकाम तम्घासको खानीगाउँमाथीको जंगलमा वम विष्फोट भएको अननुमान गरिएको बताउँ छन् ।

राती सदरमुकाम तम्घासमा वम विष्फोटनको ठुलो आवजले निद्रमा परेका मानिसहरु समेत जागेका थिए । आजको वन्द आव्हान गरेको विप्लप नेतृत्वको नेकपा मओवादीले गएराती साँझ सदरमुकाम तम्घासमा मशाल जुलुश गर्ने सुचना प्राप्त गरेपछि दिनैभर  सुरुक्षाकर्मीको वाक्लो उपस्थिती गरिएको थियो , प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले भने त्यसको सट्टा लुकेर ध्वाँसा दिने उद्देश्यका साथ सोही पार्टीले वम विष्फोट गरेको अनुमान गरिएको छ ।

वम विष्फोट लगत्तै  सदरमुकामको सोही स्थान सेरोफेरोमा मोटर साईकलमा हिड्दै गरेको एक जनालाई नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।  आज विहानै देखि गुल्मीमा यातायातका साधन ठप्प छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!