खोटाङका यातायात व्यवसायी संघका पदाधिकारीहरु रिहा

Posted on: 06 May, 2018

चिसाङ शेर्पा/बैशाख २३, खोटाङ | यातायात व्यवसायी संघ खोटाङका पदाधिकारीहरु रिहाइ भएका छन् । 

पक्राउ परेका खोटाङ यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार बुद्धिविनोद लुईटेल, अध्यक्ष विष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई र महासचिव रामकुमार हिङमाङ् शनिबार साँझ रिहाई भएका हुन् ।

खोटाङमा सिण्डीकेट नभएको र राज्यको नीतिनियम अनुसार व्यवसाय गर्ने शर्तमा यातायात व्यवसायी संघका पदाधिकारी रिहाई भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । 

पदाधिकारी शनिबार साँझ रिहाई भएपनि यातायातका सवारी साधन उक्त दिन बिहानैबाट सञ्चालनमा आएको थियो । 

सरकारले यातायात व्यवसायी संघहरु एकतर्फी ढंगले खारेजी गरेको बिरोधमा सार्वजनिक यातायातका साधनहरु घर तथा ग्यारेजमा थन्काएर महासंघको पुर्वघोषित कार्यक्रम अनुसार यातायात ठप्प पारेको भन्दै पदाधिकारीहरुलाई स्थानिय प्रशासनले गएको शुक्रबार दिक्तेलको रत्नपार्कदेखी पक्राउ गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!