बझाङमा खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु

Posted on: 06 May, 2018

सम्राट सिंह/वैशाख २३ बझाङ | बझाङमा शनिबार आएको अविरल बर्षाका कारण आएको खहरे खोलाले बगाउँदा  ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थलारा गाउँपालिका ४ का ३० वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि विक, बर्ष ३५ की कलसा विक, बर्ष १२ की मनिसा विक र बर्ष ३ को सक्षम विक  रहेका छन् । 

स्थानिय बजार ढोड्याखेतबाट घर फर्कने क्रममा गाँउको बिचमा भएर बग्ने बुको खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खहरे खोलाले बगाएका ५ जना सबैको शव फेला परेको छ । केहि दिन यता बझाङ जिल्लामा लगातार आएको असिना तथा अविरल बर्षाका कारण बालीनालीको नष्ट भइ भोकमरी हुने सम्भावना बढेको छ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!