छोरा नपाएको भन्दै श्रीमानद्वारा निर्घात कुटपिट, श्रीमतीको अवस्था गम्भीर

Posted on: 06 May, 2018

वैशाख २३ त्रिपुराकोट | डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन्। 

बैसाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। 

पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपछि होस खुलेको थियो। दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए। 

घाइते रोकायले उपचारपछि होस खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकीका प्रमुख कृष्णराज शर्माले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!