खोटाङमा एक बालिका सहित दुई बालक बेपत्ता

Posted on: 06 May, 2018

चिसाङ शेर्पा | वैशाख २३, खोटाङ | खोटाङमा एक वालिकासहित दुई बालक बेपत्ता भएका छन् । बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका तीनजना बालक बेपत्ता बनेको हो । 

सुन्तले धाप्लाङका धन बहादुर श्रेष्ठको १२ वर्षीय छोरा शुबन श्रेष्ठ, १० वर्षीय छोरा सविन माझी र धु्रब माझीका ११ वर्षीय छोरी अनिता माझी गत शनिबार १२ बजेदेखी सुनकोशी नदी आसपासमा बेपत्ता भएका छन् । 

शनिबार सामूहिक रुपमा बाख्रा चराउन सुनकोशी नदी किनारमा गएका बालवालिकाको स्थानियले खोजतलास गर्दा नभेटिएपछि आज साँझ परिवारले प्रहरीमा उजुरी दिएपछि बालबालिका बेपत्ता बनेको खुलासा भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।

बेपत्ता बालबालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय चिसापानीका टोली खटाईएको  छ । घट्ना बिकट स्थानमा भएकाले बृस्तीत जानकारी आउन बाँकी छ । स्थानिय तथा आफन्तले खोजतलास गर्दा बेपत्ता बालबालिका नभेटिए पछि सुनकोशी नदीले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!