कर्णाली प्रदेश राजधानीमा सुरक्षा व्यवस्था कडा

Posted on: 06 May, 2018

वैशाख २३, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृति अन्त्य गर्न थालेको विभिन्न अभियान उपलब्धीपुर्ण भएको बताएको छ । घरेलु हिंसा, घरेलु मदिरा, जुवातास, लागू औषध विक्रि वितरण जस्ता विकृति नियन्त्रण गर्न थालिएको हरेक अभियान सफल भएकाले नागकिरलाई साथ दिन प्रहरीले अनुरोध समेत गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगको शान्ति सुरक्षा प्रभावकारी बनाउन विभिन्न रणनीतिक सुरक्षा योजना तयार गरेर प्रहरीले बाक्लो मात्रामा परिचालन गरिएको कार्यालयले जनाएको छ । प्रहरीले विगतभन्दा घरेलु मदिरा नियन्त्रण गर्नमा कटिवद्ध रहेको बताएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले लागु औषध ओसार पसारमा संलग्न युवाहरुलाई पनि पक्राउ गरी कानुनी कार्वाही थालिएको जानकारी दिए । उनले पछिल्लो समय गुण्डा गर्दीमा संलग्नमाथि पनि कडा निगरानी गरी नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको बताए ।

जिल्ला प्रहरीले होटेलहरुमा हुने यौनजन्य गतिविधीहरुमा पनि निगरानी गरिरहेको छ । प्रहरी अहिले सामाजिक विकृतिलाई शुन्यमा झारेर प्रदेश राजधानी वीरेन्द्रनगरलाई शान्तिपूर्ण शहर बनाउने अभियानमा लागेको एसपी चतुर्वेदीको भनाई छ । जिल्ला प्रहरी कार्यालयले केही महिना अघि थालेको मदिरा क्लिन अप्रेशन पनि जारी राखेको छ । दुई÷तीन दिनको फरकमा टोल–टोलमा गस्तीमा तीब्रता दिएको चतुर्वेदीले उल्लेख गरे ।  बजार क्षेत्रका ठुला होटेलहरुबाट पनि अवैध घरेलु मदिरा बरामद गरी नष्ट प्रहरीले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!