बजाजद्वारा शैक्षिक सामाग्री वितरण

Posted on: 06 May, 2018

वैशाख २३, सुर्खेत ।  बजाज कम्पनीले सुर्खेतका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी सुर्खेतको वीरेन्द्रनगर–५, मा सञ्चालित नेपाल राष्ट्रिय आधारभुत विद्यालय चिसापानीमा पढ्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई एक÷एक दर्जन कापी र पेन्सिल वितरण गरेको असीम अटो पार्ट्सका सञ्चालक लक्ष्मण कँडेलले जानकारी दिए । कम्पनीले सञ्चालन गरेको ‘मेरो गाउँ मेरो बजाज’ अभियान अन्तर्गत ती सामग्री वितरण गरेको कँडेलले बताए । सुर्खेतका लागि बजाज कम्पनीका मोटरसाइकल तथा पाटर््सहरुको अधिकृत विक्रेता असीम अटो पार्ट्सले विद्यालयको आग्रहमा विभिन्न स्कुलहरुमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।


व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बजाजले ‘मेरो गाउँ मेरो बजाज अभियान’ शुरु गरेको कँडेलको भनाई छ । यसअघि कम्पनीले जिल्लाका पाँच वटा विद्यालयमा यसैगरी शैक्षिक सामग्री वितरण गरिसकेको उनले बताए । विद्यालयका प्रधानाध्यापक तेजकुमारी चपाईले बजाजद्वारा विपन्न डेढ सय विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरणबाट शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुग्ने अपेक्षा राखिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!