बारामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 07 May, 2018

वैशाख २४ कलैया | बारा जिल्ला सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँमा आज बिहान ट्र्याक्टरले ठक्कर दिँदा दुई वर्षीय बालकको मत्यु भएको छ । 

सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँ बस्ने इमताज देवानको २ वर्षीय छोरा कवीर आलम घर अगाडि सडकमा खेलिरहेको अवस्थामा अचानक ना२त १९१८ नंको ट्र्याक्टरले ठक्कर दिँदा बालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!