विदेशमा रहेका गुल्मीका रुरुवासीले दिए गाउँलाई एम्वुन्स सुविधा

Posted on: 07 May, 2018

प्रेम सुनार/बैशाख–२४ गुल्मी। गुल्मीको रुरु गाउँपालिका घर भई युएई दुवईमा कार्यरत ९ जना युवाहरुले सामाजिक सञ्जाल मार्फत सुरु गरेको अभियानले गाउँमा एम्वुलेन्स सुविधा उपलव्ध भएको छ ।


सुरुमा युएईमा कार्यरत रुरु–४ वलेटक्सार निवासी सुर्य ज्ञवाली र रुरु–२  ग्वादी घर भई दुवई मै कार्यरत वावुराम गोतामे सुनार र  रुरु–५ वम्घा घर सोही स्थानमा कार्यरत केशवराज  ज्ञवालीले अभियान छेडेका थिए ।

उनिहरुले सामाजिक सञ्जाल फेसवुक मार्फत अभियान छेड्न साथ थप ६ जना रुरु–५ वम्घाका पदमलाल श्रेष्ठ, वलेटक्सा घर भई युकेमा कार्यरत निराजन खड्का, वलेटक्सारकी लक्ष्मी ज्ञवाली, सोही स्थान घर भई दुवईमा कार्यरत कमल गौतम , ईश्वरी ज्ञवाली र ग्यादी घर भई दुवईमा कार्यरत किशान विश्वकर्मा सहित ९ जनाले एम्वेन्स सेवा समिति गठन गरी ५  महिनाको अवधीमा  १ सय ८१  जनाबाट कुल ११ लाख ७५ हजार २ सय ५१ रुपैयाँ संकलन गर्न सफल भएका थिए ।


उक्त रकम मध्ये १० लाख १२ हजार ४ सय रुपैयामा नेपाल सरकारबाट ९९ प्रतिशत भन्सार छुट गरी एम्वुलेन्स खरिद गरेका छन् । उक्त एम्वुलेन्स सोमबार एक कार्यक्रमका विच रुरु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

एम्लेन्सको उद्घाटन जिल्ला सम्वन्य समितिका सदस्य हरिप्रसाद ज्ञवालीले ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।


समितिकी पदाधिकारी लक्ष्मी ज्ञवालीले रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमलाई चाँवी हस्तान्तर गरेकी थिईन् । अर्का पदाधिकारी पदमलाल श्रेष्ठले सुरु ति तिन जना अभियाले छेडेको अभियान आज सफल भएकोमा आफुहरुलाई हर्षित तुलाएको बताए । 


आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अर्का पदाधिकारी केशवराज ज्ञवालीले एम्वुलेन्सस गरिद गरी संकलित रकम मध्ये ७९  हजार  १ सय ४९ रुपैयाँ बचेको र सो रकम एम्वुलेन्स सञ्चालनका लागि समितिमा रहने जानकारी दिएका थिए ।

कार्यक्रममा रुरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले सहयोगी हातहरुलाई  धन्यवाद दिएका थिए । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ वलेटक्सार शाखाका अध्यक्ष  तोयनारायण ज्ञवालीले अव  भाषणमा होईन यसरी नै तथ्य र तथ्याङकमा आधरित काम गर्ने बेला आएको बताएका थिए ।

त्यस्तै सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेकपा एमालेका रुरु गाउँपालिका ईञ्चार्ज चक्रपाणी गौतम,  रुरु गाउँपालिकाको तर्फबाट प्रमुख निलकण्ठ गौतम लगायतका वक्ताहरुले स्वदेशका विभिन्न स्थान देवि वंगलदेशी र पाकिस्तानी नागरिकले समेत सहयोग गरी गाउँवासीलाई एम्वुलेन्स सुविधा दिएको प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा सहयोगदाताका परिवारजनलाई सम्मान समेत गरिएको थियो ।   रुरु गाउँपालिका प्रमुख गौतमको अध्यक्षतामा हस्तान्तरण कार्यक्रममा उपप्रमुख लक्ष्मी पन्थको स्वागत  र  सो पालिकाका शव ईन्जिनियर रोमकान्त पाण्डेको सञ्चालन रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!