बेदकोट नगरपालिका सरसफाई तिर अग्रसर हुँदै

Posted on: 07 May, 2018

भास्कर के.सी. | वैशाख २४, कञ्चनपुर |वेदकोट नगरपालिका वार्ड नं.– ९ का सुन्दरपुरका वडा अध्यक्ष राम सिह धामीले लालपुर बजार वसन्तपुर बजार र कृषि बजारमा समेत फोहर मलाई ठाँउ ठाँउमा राखेका छन् । एउटामा सडने गल्ने र अर्कोमा नसड्ने गरी हुई किसिमका फोहरमलाई २० वटा राखिएका छन् । 

सेवक नेपालका कर्मचारी धर्मारोकायाले वडा कार्यालयका पटक पटक सरसफाई सम्बन्धी सहजीकरण गरिएको वडा अध्यक्षले बताए सो कार्यक्रममा सेवक नेपालको पनि उपस्थिति रहेको छ । यसैगरी यस अघि पनि उदयदेव मा.वि.सुन्दरपुरमा खाने पानिको पाइप जडान गरि विद्यालयमा खानेपानी जडान गरिएको हो र टुटी पनि नयाँ लगाइदिएको वडा अध्यक्षले बताए । वडा कार्यालयबाट नै सरसफाईका लागि बजेट छुट्याई सामग्री वितरण गरिएको वडा अध्यक्ष धामीले बताए यसैगरी सुनौलो शिविरमा हेण्डपम्प ३ , राना वस्तमा २ सुकुम्वासी टोलमा २ आदर्शटोल जानकी देवी आउजीको घरमा १ र लालपुर सार्की टोलमा २ गरी १० वटा हेण्डपम्प वितरण गरिएका छन् ।


पूर्ण सरसफाइलाई मध्यनजर गर्दै कृर्षि बजारमा पूर्ण सरसफाइलाई मध्यनजर गर्दै  कृषि बजारमा  १ सार्वजनिक सौचालय निमार्ण भै रहेको छ । बुवाले मानसिक गुमाई सकेका र घरको आर्थिक अवस्थाकमजोर भएका रोहित विष्टको उदयदेव मा.वि.मा कक्षा ९मा भर्ना गरि अभिभावकत्व पनि बनेका छन् । यसैगरी बुडा वैजनाथ मन्दिरमा पार्क निमार्ण गर्ने बताए र वडामा रहेका सम्पूर्ण घरधुरिको सेवकका कर्मचारी सङगै अनुगमन गर्ने र सौचालय भत्केका घरधुरि पत्तालगाई भत्केका सौचालय बनाउन लगाउने र यदि अटेरि गरेमा वडा कार्यालयवाट पाउने सेवा सुविधा रोकिदिने   बताए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!