सप्तरीमा विद्युत हुकिङ गर्ने १२ जना पक्राउ

Posted on: 09 May, 2018

वैशाख २६, सप्तरी | नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले सप्तरी जिल्लाका विभिन्न ठाउँबाट विद्युत हुकिङ गर्ने एक दर्जन व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ । 

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार दैनिक विद्युत् हुकिङ नियन्त्रण अभियान अन्तर्गत मंगलबार मात्र १२ जनालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । 

उनीहरुका साथबाट पानी तान्ने छवटा मोटर, दुईवटा पंखा, एउटा एलइडी टिभी बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकालाई विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएर छाडिएको प्रमुख साहले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!