महोत्तरीमा बलात्कारको आरोपमा एकजना पक्राउ

Posted on: 09 May, 2018

वैशाख २६ गौशाला | बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका–४ बाट एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–४ का लक्ष्मेश्वर महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । 

स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको सम्बन्धमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

पक्राउ परेका नुनियामाथि जबर्जस्तीकरणी मुद्दा चलाएको छ । उनलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद थप लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान कारबाही अगाडि बढाएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!