रोल्पामा आगलागि हुँदा १० लाख बराबरको क्षति

Posted on: 10 May, 2018

वैशाख २७, रोल्पा | रोल्पा नगरपाकिला ७ माडीचौर रोल्पाको एक घरमा मंगलबार आगलागि हुदा १० लाखको क्षति भएको छ । 

माडीचौरका बर्मता पुनको कच्ची घरमा आगलागि हुदा अन्नपात, लत्ताकपडा, काठपात समेतको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी माडीचौर र स्थानिय समेतको सहयोगमा आगो नियन्त्रण गरीएको छ । यस सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!