रोल्पामा ट्याक्टर दुर्घटना: २ को मृत्यु, एक घाइते

Posted on: 11 May, 2018

बैशाख २८, रोल्पा । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दूईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना एकजना घाइते भएका छन् |


सुनिल स्मृती गाउँपालिका -२ खुङ्ग्रीको देउखुरि खोला नजिकै घुम्तिमा महाकाली यातायातको ना २ ख ५२५ नम्बरको यात्रुवाहक बसलाई साइड दिने क्रममा लु १ त ७१५६ नमबरको ट्याक्टर खोलामा खसि सो दुर्घटना भएको हो | 

दुर्घटनामा सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर छिर्नेका अन्दाजी २८ बर्षीय शिव वली र सोही गाउँपालिका बाग्माका अन्दाजी २८ बर्षीय ट्याक्टर चालक तारा रोकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते तुलसीपुर उपमहानगरपालिकाका किरण रानालाई सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोल्पुर मेडिकल कलेजम रिफर प्रहरीले जनाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!