पाल्पामा बम विस्फोट

Posted on: 13 May, 2018

वैशाख ३० पाल्पा | यहाँ आज बिहानै बम विस्फोट भएको छ । 

सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबाट स्थानीयवासी त्रसित भएका छन् । 

विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उहाँको अनुमान छ । 

यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!