सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

Posted on: 13 May, 2018

वैशाख ३० इनरुवा | सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । 

पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!