हेटौँडास्थित प्रेसरकुकर बम निष्कृय

Posted on: 13 May, 2018

वैशाख ३०, हेटौँडा | अज्ञात समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडास्थित कर्रा खोला नजिक राखेको प्रेसरकुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको छ । 

बम निष्कृय गराउँदा कुनै मावनीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

यसैबीच, नेकपा (माओवादी) ले आह्वान गरेको नेपाल बन्दका कारण हेटौँडाबाट छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेनन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!