छात्रवृति र पुस्तक हस्तान्तरण

Posted on: 13 May, 2018

प्रकाश बम | वैशाख ३०, डोटी | सिताराम तेज स्मृति पतिष्ठान डोटीले आज एक कार्यक्रमको आयोजन गरी छात्रवृति र पुस्तक हस्तान्तरण गरेको छ । स्वर्गिय सिताराम बलायर र तेज बलायरको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरीएको हो ।

सिद्धेश्वर माध्यमिक विद्यालय वानेडुग्रिसैनबाट २०७३ सालमा एसइइ परिक्षामा सबै भन्दा बढि अंक प्राप्त गर्ने राहुल देव चौधरी र कक्षा ८ मा प्रथम स्थान हासिल गर्ने रमेश बलायएर छात्र वृति वितरण गरीएको छ । 

त्यस्तै बिद्यालयमा अध्यापन गर्दे आएका शिक्षक र बिद्यार्थिका ज्ञान हासिल गर्नका लागि बिभिन्न लेखकका ज्ञान बर्धक पुस्तक बिद्यालयका प्राध्याना ध्यापक महेश कुमार भट्टलाई सिताराम तेज स्मृति पतिष्ठान डोटीका अध्यक्ष दिर्घ बलायरले हस्तान्तरण गर्नु भएको छ ।


एक बर्ष अगाडी दर्ता भएको संस्थाले अव प्रत्येक बर्ष यसरी नै सहयोग गर्ने अध्यक्ष दिर्घ बलायरले बताउनु भयो । सवैको सहयोग पाए अव एम्वुलेन्स ल्याउने प्रयासमा रहेको समेत उहाँले बताउनु हो ।

स्वर्गिय दुवै जना पहिले समाज सेवाको काममा अग्रसर रहेको शिखर नगर पालिकाका उप नगर प्रमुख धौली देवि रावलले बताउनु भयो । प्रतिष्ठानले गरेका यस्ता कार्यले उहाँहरुको स्वर्ग वास हुने समेत उहाले बताउनु भयो । प्रतिष्ठानले गरेको कार्य निक्कै सह्निय भएको शिखर नगरपालिकाका शिक्षा एकाइ प्रमुख उद्धव मल्लले बताउनु भयो । जेहेन्दार बिद्यार्थि र अध्ययनशिल शिक्षक बिद्यार्थिलार्ई हस्तान्तरण पुस्तकले ठुलो टेवा पुग्ने उहाले बताउनु भयो । 

स्वर्गिय टेकको २०७२ साल चैत्र ३० गते उच्चाकोटमा भएको जिप दुर्घटनामा मृत्यु भएको थियो भने सितारामको उपचारका क्रममा २०७२ साल माघ २० गते ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!