श्रेष्ठले भने:- 'फोरम चाँडै सरकारमा सहभागी हुन्छ'

Posted on: 15 May, 2018

जेठ १ पर्सा | नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपाल पनि  सरकारमा सहभागी हुने बताएका छन् । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले फोरमसँग सहमति भएको र चाँडै सरकारमा सहभागी गराइने बताए ।

उनले भने:- "संघीय समाजवादी फोरम नेपालसँग छलफल तथा सहमति भइसकेको छ अब चाडैं सरकारमा सहभागी गराउछौं" | 

त्यस्तै राष्ट्रिय जनता पार्टीसँग भने सत्तामा सहभागीताबारे छलफल कुनै नभएको पनि उनले बताए  ।

श्रेष्ठले मधेशका विषयमा संसद्मा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको दाबी गरे । 

सञ्चारकर्मीको जिज्ञासामा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने क्रममा मुलुकभित्रको विषयलाई विदेशीका अगाडि राख्ने तरीका दुःखद् भएको टिप्पणी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!