नेपाली सेनामा २३ सयको लागी भर्ना आह्वान, कुन पदको लागी कति ? (सूचनासहित)

Posted on: 15 May, 2018

जेठ १, काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा २३११ जनाका लागि भर्ना आह्वान गरेको छ । 

सेनाको भर्ना छनोट निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा भर्ना दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

कुन पदमा कति मागियो सूचना हेर्नुहोस्ः


यस बिषयमा तपाइको प्रतिक्रिया...!