सल्यानमा बस दुर्घटना: ३७ जना घाइते, २ को अवस्था गम्भीर

Posted on: 16 May, 2018

जेठ २, सल्यान । सल्यानको शारदा नगरपालिका १ पटनेरीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।  


घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ।

आज बिहान ११ बजेतिर जिल्लाको लक्ष्मीपुरबाट श्रीनगर तर्फ हिडेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगरबाट खलंगा तर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस एकआपसमा ठोकिदा सो दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका २ जनालाई नेपालगन्ज रिफर गरिएको प्रहरीलेले जनाएको छ। अहिले घाइतेहरूको श्रीनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत खबर आउन बाँकी छ …


यस बिषयमा तपाइको प्रतिक्रिया...!