थपिए २ सय १२ मतदाता : ७ ले सच्याउने ५ ले सार्ने !

Posted on: 16 May, 2018

सास । जेठ २,बर्दिया ।

जिल्ला निर्वाचन कार्यालयमा १ महिनामै २ सय १२ जना मतदाताले नाम दर्ता गराएका छन् ।


जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुुसार २०७५ साल बैशाखदेखि शुरु गरिएको नामनामेसी संकलन तथा दर्ता  तथाा अद्यावधिक कार्यक्रम अन्तर्गत जेठ १ गतेसम्मको तथ्याङ्क अनुसार जम्मा १ सय ५ जना महिला र १ सय ७ जना पुरुष गरी कूल २ सय १२ जनाको नामावली दर्ता गरिएको हो । 

यसैगरी नामावलीमा त्रुटी सच्याउनका लागि ७ जनाले तथा ठेगाना सार्नका लागि ५ जनाले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । 

नामावली संकलनको कार्य निर्वाचन आयोगको अर्को निर्णय नुहँदासम्म जारी रहने भएकोले आ–आफ्नो नाम दर्ताका लागि सबैमा अनुरोध समेत गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!