धारा छोएको निहुँमा कुटपिट: विश्वकर्मा समाजको ध्यानाकर्षण

Posted on: 17 May, 2018

जेठ ३, सिरहा | महोतरीको बर्दिबासमा धारा छोएको निहुँमा विश्बकर्मा समुदायमाथी भएको कुटपटिको घटनामा विश्वकर्मा समाज नेपालको ध्यानाकर्षण भएको छ । बर्दिवास नगरपालिका वडा नं. ४ भब्सी हवलदार टोलका रामबहादुर विश्वकर्माको श्रीमती बुद्धमाया विश्वकर्मा र छोरी मनिषा विश्वकर्मामाथि बैशाख १५ गते धारा छोएको नाममा कुटपिट भएको छ । सार्वजनिक धारा छोएको विषयमा विवाद हुँदा तल्लो जातिकी भएर पानी छुने भन्दै स्थानिय दिपक गिरीकी छोरी दिपीका गरी, श्रीमती कमला गिरी, आफन्त रामबाबु दहाल लगायतकाले मरणासन्न हुनेगरी कुटपीट गरेको घटनाप्रति समाजले खेद प्रकट गर्दै दोषी उपर कानुनी कार्वाहीको माग गरेका छन् । 

घटना मिलाउने नाममा बर्दिवास नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष दिपवहादुर कार्की लागायतका ब्यक्तिहरुले पिडितलाई अलमल्याएर राखेकोले समाज दु:ख ब्यक्त गरेको हो । जातियताको आधारमा कुनै पनि व्यक्ति वा समुदायलाई निच देखाउन वा भेदभाव गर्नु अपराध हो भन्ने नेपालको कानुन तथा ऐनले भनेपनि अहिले सम्म ब्यबहारमा लागु हुन सकेको छैन् । 

घटनापछि प्रहरीले पिडकहरुलाई नियन्त्रणमा लिएपछि पिडितहरुलाई विभिन्न तरिकाबाट मानसिक तनाव दिनेकार्य भइरहेकोले स्वतन्त्रापूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभुति गराउँदै घटनाको अनुगमन गरी सार्वजनिक गरिदनु हुन मानवअधिकारवादी, पत्रकार तथा अन्य अधिकारवादी संघ संस्थाहरुसँग विश्वकर्मा समाज नेपाल प्रदेश नं. २ का अध्यक्ष मिन रहपालद्धारा हस्ताक्षरित विज्ञप्तीमा मार्फत अनुरोध गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!