अल्छेढुंगा–अस्पताल सडकको हालत (हेर्नुहोस् फोटोमा)

Posted on: 17 May, 2018

चिसाङ शेर्पा/जेठ ३, खोटाङ | दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको घुम्तीमा ढलान गरिएको रड कचिया र कूटो बनाउन प्रयोग हुने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित अल्छेढुंगाको बरमूनि २० मिटर सडकमा ठेकेदारले कमसल सामग्रीमा आरसिसी ढलान गर्दा बाहिर निस्किएको रडहरु स्थानियले काट्दै लैजादै घरायसी औजार बनाउने गरेको पाईएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३ लाख लगानीमा संगम निर्माण सेवा कम्पनीले ढलान गरी गत माघ ७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने तथा चिराचिरा हुदैं अन्ततः अहिले उक्त ढलान दिनदिनै निशाना नै मेटिदै गएको छ । नगरपालिकाकै इन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार गुणस्तरीय प्रमाणित गरेको ढलान तीन महिनामै उक्कीएर रडहरु दिनानु दिन गायब हुंदा इन्जिनियर हाँसोका पात्र बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!