रामारोशनको प्रचारप्रसारमा बढी जोड दिनुपर्छ: मन्त्रि सोडारी

Posted on: 17 May, 2018

कमल रावल/जेठ ३, अछाम | अछाम, बाजुरा र कालिकोट्को सिरानीमा रहेको रामारोशनको प्रचारप्रसारमा लाग्नु पर्ने प्रदेश नम्बर ७ का सामाजिक बिकास मन्त्रि दिर्घ बहादुर सोडारीले बताएका छन् । 


मन्त्रि सोडरीले भने:- 'कसैले बनाउनु नपर्ने प्रकृतिको छट रामारोशन भएकाले यसको बिकास भन्दा पनी प्रचारप्रसारमा बढी जोड दिनुपर्छ।' 

रामारोशन क्षेत्रका सबै स्थानिय नाागरिकले अब होटेल रेष्टुरेन्ट्मा लगानी बढएर पर्यटक भित्राउनमा जोड दिनुपर्ने उअनी उनले बताएका छन् । 


रामारोशनको अवलोकन तथा भ्रमणका क्रममा रेडियो रामारोशनसँग छोटो कुराकानी गर्दै सोडारीले अछामको मात्र सम्पनी नभएकाले समग्र देशको सम्पती भएकाले यसमा लगानी बढाउन प्रदेश सरकारले अभियानको थालनी गरिसकेको उनले बताए। केन्द्रसरकारसँग सर्कीट रुपमा जोड दिनका लागि रामारोशन, खप्तड, बडीमालिका, रारालाई जोड्ने सडक बिस्तारको अभियान अबको योजनामा रहेको पनि उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!