सिरहामा पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ

Posted on: 18 May, 2018

जेठ ४ सिरहा | पेस्तोल र लागूऔषधसहित होटल सञ्चालक पक्राउ परेका छन्।

लहानस्थित बाबा होटलका सञ्चालक ज्ञान कुमार कामैतलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टिमले सुचनाका आधारमा होटलमा छापा हान्दा ९८ एम्पुल फेनारगन, ३१ एम्पुल डाइजिल्याब, १९ एम्पुल नोफिन, नाइट्रेजापाम ५८ ट्याबलेट र ८६ एम्पुल लुपिजेसिक नामक लागूऔषध बरामद गरेको हो। 

खानतालसीको क्रममा ओछ्यानमुनि लुकाएर राखेको अवस्थामा लागुऔषधसहित नक्कली पेस्तोल समेत भेटिएको छ। 

पक्राउ परेका कामैत विगतमा पनि लागूऔषध कारोबारको मुद्दामा पक्राउ परी छुटेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!