पतंजली योग समितिलाई दुई कठ्ठा जग्गा दिने साह मेमोरियल ट्रष्टको घोषणा

Posted on: 18 May, 2018

राम नारायण पंडित/जेष्ठ ४, सिरहा। मिर्चैयामा रहेको रामभरोस साह मेमोरियल ट्रष्टले पतंजली योग समिति नेपालले नगर योग समिति मिर्चैयाको भवन निर्माणका लागि २ कठ्ठा जग्गा दिने घोषणा गरेको छ । 

विहिबार ट्रष्टका अध्यक्ष समाजसेवी राम प्रताप साह (भोला) ले भवन निर्माणका लागि मिर्चैया नगरपालिका बडा नं. ८ मा २ कठ्ठा जग्गा उपलब्ध गराउने उदघोष गरेका हुन् । समाजसेवी साहले नगर योग समितिको भवन निर्माणका लागि १ लाख १ हजार रुपैया समेत सहयोग गर्ने बताएका छन् । जग्गाको अन्दाजी मोल करीब ३० लाख रहेको बताईएको छ ।


नगर योग समिति मिर्चैयाका अध्यक्ष अकलदेब सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पतंजली योग समिति नेपाल प्रदेश नं. २ का प्रमुख हरिहर चौधरीले प्रमखु अतिथिको रुपमा उपस्थित भई जग्गादाता साहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

भवन असार ७ गते शिलान्यस गरि एक बर्षमा निर्माण पुरा गर्ने लक्ष्य रहेको योग समिति मिर्चैयाले जनाएको छ ।

कार्यक्रममा योग समिति सिरहाका उपाध्यक्ष श्याम मण्डल, मिर्चैया नगर योग समितिका उपाध्यक्ष भरत महासेठ, सदस्य किशोरी साह, सल्लाहकार प्रदिप कुमार तिवारी, सिकिया यादब र जिल्ला उद्योग बाणिज्य संघ सिरहाका उपाध्यक्ष अशोक कुमार साह लगायतका सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!