सर्लाहीका स्थानीय तहका जनप्रतिनिधिहरुको यस्तो गुनासो

Posted on: 19 May, 2018

जेठ ५, मलंगवा | सर्लाहीका स्थानीय तहका जनप्रतिनिधिहरुले जनचाहना अनुसारको काम गर्न नसकेको बताएका छन् ।

हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन मंसुरले स्थानीय सरकारमा कर्मचारी तन्त्रलाई बलियो बनाएकाले सोंचे जस्तो काम गर्न नसकेको बताउनुभयो ।हरिपुरमा मेयर मंसुर सँग कुरा नमिलेपछि प्रमुख प्रशासकिय अधिकृत यादव सापकोटा केही दिन पहिला काम छाडेर जानुभएको थियो ।उहाँको ठाउँमा भर्खरै नयाँ उपसचिव सरुवा भएर आउनुभएको छ ।नगरपालिका बोर्डको बैठकले निर्णय गरेपनि कार्यान्वयनको जिम्मा भने कर्मचारीहरुको अधिनमा रहेको छ ।

अधिकांश स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत र लेखाका कर्मचारीहरु माथि जनताको कामलाई असहज बनाउने भुमिका खेल्ने गरेको आरोप छ ।गाउँ र जनताको लागि केही गरौं भन्ने भावना राखेका नगर तथा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्षहरु कर्मचारीहरुका असहयोगका कारण सफल हुन सकिरहेका छैनन् ।बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले लामो समय सम्म स्थानीय निकायको चुनाव नभएको ले वर्षौ सम्म एकलौटी रुपमा काम गरेका कर्मचारीलाई एकाएक जनप्रतिनिधिको सर्बोच्चता स्विकार गर्न मुस्किल परेको हुनसक्ने बताउनुभएको छ ।उहाँले जनप्रतिनिधिहरुमा अनुभवको समेत अभाव भएकाले काम गर्दा केही त्रुाटि हुनसक्ने उल्लेख गर्दै कर्मचारीहरुले पुरानो शैलीलाई बदल्न जरुरी रहेको बताउनुभयो ।

तर कर्मचारीहरु भने जनप्रतिनिधिहरुले स्थानीय तह संचालन सम्बन्धि ऐन, कानुन र नियम नबुझेको गुनासो गरेका छन् ।जनप्रतिनिधिहरुमा पनि जितको अहंकार बसेको देखिन्छ ।यस्तो अवस्थामा सबैले आ-आफ्नो कमीकमजोरी लाई सुधारेर जनतालाई जतिसक्दो सेवा दिनुपर्ने जानकारहरु बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!