नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्षमा अधिकारी निर्वाचित

Posted on: 19 May, 2018

प्रज्वल पौडेल । जेठ ५, रामेछाप ।

नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्ष बासुदेव अधिकारीको निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिबेशनमा अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो ।


नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्ष कमला नेपाली, विनीता काफ्ले, सचिव युवराज सापकोटा, कोषाध्यक्ष अमृता श्रेष्ठ, सहसचिव रञ्जु काफ्ले र सदस्यहरु श्रीकृष्ण थापा, दिपक माझि, सुजाता थापा, मञ्जु श्रेष्ठ रहेका छन् ।

नेपाली काङ्ग्रेस रामेछापका सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, डा सुमन कर्माचार्य, पत्रकार हिमाल ढुङ्गेल लगाएतको सहभागीता थियो ।


नवगठित कार्यसमितिका अध्यक्ष बासुदेव अधिकारीले संघको पहिलो बैठकले प्रदेशका लागी प्रतिनिधी र जिल्ला कार्यसमितिमा केहि सदस्य मनोनित गर्ने निर्णय भएको साझासबाललाइ जानकारी दिए । उनले रामेछापको स्वास्थ्यमा गुणस्तर र कर्मचारीको हकहितको क्षेत्रमा सक्रिय हुने  उनले जिल्ला भित्रका सबै स्वास्थ्यकर्मीलाइ एकताबद्ध बनाएर जिल्लाको हितमा हुने कार्यक्रम संचालन गर्ने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!