नेकपाको एकतापछिको पहिलो मन्त्रीपरिषद बैठक आज बस्ने, यस्ता छन् एजेन्डा

Posted on: 20 May, 2018

जेठ ६ काठमाडौं | नेकपा एमाले र नकपा (माओवादी केन्द्र) बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्ने भएको छ। 

बैठक आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वोलाइएको छ ।  

आजको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल केन्द्रित हुनेछ । 

सरकारले जेठ सात गते नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरिसकेको छ । 

शनिवार मात्र संघीय संसद् भवन नयाँ बानेश्वरमा नेकपाको संसदीय दलको बैठक बसेको थियो । 

बैठकमा प्रधानमन्त्री केपी ओलीलेसमृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका थिए । 

हिजोको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने बताएका थिए ।

उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने बताएका थिए । विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै नयाँ सरकार बनेको अनुभूति दिइने प्रचण्डको भनाई थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!