सर्लाहीका पेट्रोल पम्पहरु उपभोक्ता ठग्दै, अनुगमन नहुँदा उपभोक्ता मारमा

Posted on: 20 May, 2018

जेष्ठ ६ सर्लाही। सर्लाही जिल्लाको दक्षिणी क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले उपभोक्तालाई मनोमानी ढंगले पेट्रोलीयम पदार्थ बेच्ने गरेको तथ्य फेला परेको छ । 

पम्पहरुले पुरा पैसा लिएर पनि पेट्रोल तथा डिजेल कम दिने गरेको तथ्य फेला परेको हो ।

सर्लाहीको गैरमा रहेका ३ ओटा पेट्रोल पम्पहरुमा त्यस्तो अनियमितता भेटिएको छ। पेट्रोलका लागी लाईनमा बसेका उपभोक्ताहरुका अनुसार दक्षिणी क्षेत्रका पम्पहरुले त्यसैगरि उपभोक्तालाई लुट्दै आईरहेका छन ।

यस बिषयमा पम्प सञ्चालकहरुसँग बुझ्दा सानो भाई वा कामदारले नजानेर गल्ति गरेको बताए । तर उपभोक्ताहरुले भने पम्पहरुले मनोमानी ढंगले अनियमितता गर्ने गरेको आरोप लगाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!