सर्लाहीमा बिजुली चोरी गर्ने ४ सय घरको लाइन काटियो

Posted on: 20 May, 2018

जेठ ६, सर्लाही | सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२ पुनर्बास टोलमा हुकिङ्ग गरि बिजुली प्रयोग गरेका चार सय घरको लाइन काटिएको छ । 

गत सनिबार बिहान नेपाल विधुत्त प्राधिकरण लालबन्दी वितरण केन्द्रबाट खटिएको टोलीले बिजुलीको मिटर नै नराखी डाइरेक्ट पोलबाट हुकिङ्ग गरेर बिजुलीको चोरी गरेका घरहरुको लाइन काटेको हो ।लाइन काट्न गएका प्राधिकरणको लालबन्दी वितरण केन्द्रका हुकिङ्ग नियन्त्रण टोलीले सो टोलबाट ४ थान पंखा ,२ थान टेलिभिजन , २ थान पानी तान्ने मोटर लगायतका विधुत्तीय उपकरणहरु समेत बरामद गरेको वितरण केन्द्र लालबन्दीले जनाएको छ ।सोही टोलीले मिटर नराखी काठको चिरान गरेर घर बनाउँदै गरेका एक ब्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्लामा अझै पनि धेरै मात्रामा विधुत्तको चुहावट भइरहेकोले त्यसलाई नियन्त्रण गर्न चुहावट नियन्त्रण टोली परिचालन भइसकेको प्राधिकरणको मलंगवा वितरण केन्द्रले जनाएको छ । जिल्लाको सदरमुकाम मलंगवा , लालबन्दी र बरहथवामा रहेको प्राधिकरणको वितरण केन्द्रले हप्तै पिच्छै हुकिङ्ग नियन्त्रण अभियान चलाउदै आएको बताइएको छ । विधुत्त चुहावट नरोकिएको ले अन्य जिल्लाको तुलनामा सर्लाहीमा सबैभन्दा बढी लोडसेडिङ हुनेगरेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!