राष्ट्रवादको पाठ नपढाए हुन्छ: सभापती देउवा

Posted on: 23 May, 2018

जेठ ९, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले हिमाल, पहाड र तराईमा बसेका नेपाली राष्ट्रवादी रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सीमा रक्षा गरेर बसेका नेपाली जनतालाई पानाका पाना राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको स्पष्ट पारे ।

संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै देउवाले हिमाल, पहाड र तराईमा बसेका नेपाली राष्ट्रवादी रहेको बताए।

देउवाले भने,‘उत्तर दक्षिण र पूर्व पश्चिम हाम्रा सीमाना रक्षा गरेर बसेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूका लागि राष्ट्रवादबारे पानाका पाना पाठ पढाउन जरुरी छैन, नेपाली जनता सबै राष्ट्रवादी छन्। चाहे हिमालमा बसेका हुन् चाहे पहाडमा बसेका हुन्, चाहे मधेशमा बसेका हुन् तिनीहरूले सीमा रक्षा गरेर बसेका छन्। उनीहरूलाई फेरि राष्ट्रवादको पाठ पढाउनु आवश्यक छैन।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!