धादिङमा सवारी दुर्घटना: १ को मृत्यु, २ घाइते

Posted on: 23 May, 2018

जेठ ९, मलेखु, धादिङ | पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङस्थित हुग्दी खोलामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख १५६८ नंको ट्रक खोलामा दुर्घटना हुँदा ट्रकमा सवार नवलपरासी मध्यविन्दु नगरपालिका– १० वस्ने २३ वर्षीय शेरबहादुर सोमई मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । घाइते दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!