सर्लाही मलंगवाको युनिक होटल एण्ड लजमा यौनधन्दा, होटल संचालिका पक्राउ

Posted on: 23 May, 2018

जेठ ९ सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवाको एक होटलबाट प्रहरीले वेश्याबृतीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा न-२ घरभई हाल मलंगवा नगरपालिका वडा न-९ कोल्ड स्टोरदेखि दुरसंचारको कार्यालय बाइपास रोडमा रहेको युनिक होटल एण्ड लजकी संचालिका ३५ वर्षिया अमृतामाया वाइबा रहेकी छिन् ।

गत जेठ ४ गते होटलबाट पक्राउ परेका केही महिलाहरु सँग सोधपुछ गर्दा युनिक होटलकी संचालिका अमृतामायाले विभिन्न प्रलोभन देखाए यौनजन्य कार्यमा लगाउने गरेको बताएका थिए ।

उनीहरूले नै दिएको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा होटल संचालिका वाइबाले काठमाडौ , काभ्रे ,सुर्खेत , झापा लगायतका जिल्लाहरुबाट युवतीहरु ल्याइ वेश्याबृतीमा लगाउने गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

सर्लाही प्रहरीले यस अघि पनि युनिक होटल एण्ड लजमा यौनजन्य क्रियाकलापहरु हुने गरेको जानकारी दिए अनुसार स्थानीय बासिन्दाहरुबाट अमृतामायालाई पटकपटक यस किसिमको कार्य नगर्न भनेर सम्झाएर छाडेका थिए ।

तर जति सम्झाउँदा पनि यस्तो कार्य बन्द नगरेपछि पुनः पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गराइ उनी उपर कार्यवाही अगाडी बढाइएको डिएसपी थापाले विष्फोटलाई बताउनुभयो ।

सदरमुकाम मलंगवामा संचालित कतिपय होटल तथा लजहरुमा लुकिछिपी अवैध यौनधन्दा हुने गरेको स्थानीयबासिन्दा हरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!